November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

डिजिटल गाईजात्राः मनोज गजुरेल देखिए थरीथरीका अवतारमा

2.2K

काठमाडौँ – कोरोना भाइरसका कारण यस वर्ष पनि कलाकारहरुले डिजिटल गाईजात्रा प्रस्तुत गरेका छन् । टेलिभिजन, युट्युब, फेसबुक लगायतका माध्यमबाट कलाकारहरुले थरीथरीका प्रहसन पस्केका छन् । 

विभिन्न व्यक्तिको क्यारिकेचर गर्न खप्पिस मनोज गजुरेलको समूहले ‘०७८ सालको गाईजात्रा’ प्रदर्शन गरिरहेको छ । भदौ १ गतेदेखि ७ गतेसम्म टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेको यो कार्यक्रम ‘गजुरियल युट्युब’ च्यानलमा समेत हेर्न सकिन्छ ।

यसपटक मनोज गजुरेल बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन, प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वशिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको भूमिकामा देखिनुभएको छ ।

Advertisement