November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

बिग बोसबाट सलमान ‘आउट’, करणले चलाउने

3.5K

काठमाडौं- भारतमा मात्र नभएर नेपालमासमेत चर्चा कमाउन सफल रियालिटी सो बिग बोसको १५ औं सिजन ओटीटीमा प्रर्दशन हुने भएको छ।

यसअघिका शोहरु होस्ट गरेका बलिउड अभिनेता सलमान खान भने यसपटक उक्त शोमा नदेखिने भएका छन्। सलमानको सट्टा फिल्म निर्देशक करण जोहरले गर्ने भएका छन्।

करणले सलमानले भन्दा आफूले फरक तरिकाले शो सञ्चालन गर्ने जनाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। 

Advertisement

बिग बोस ६ हप्तासम्म ओटीटीमा रिलिज भइसकेपछि मात्रै १५ ओटा कार्यक्रम टेलिभिजनबाट प्रसारण हुनेछ। बिग बोसका फ्यानहरु यतिबेला कसले सबैभन्दा धेरै मनोरञ्जन दिने हुन् भन्ने उत्सुकतामा छन्। 

शो अगष्ट ८ बाट बुट नामक एपमा प्रदर्शन हुँदैछ।