November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

बलिउड अभिनेत्री सोनम कपूरको घरको मूल्य १ सय ७३ करोड

2.4K

भारत- बलिउडका सबैभन्दा स्टाइलिस जोडी मध्ये एक हुन् सोनम कपूर र उनके पति आनन्द आहूजा। अहिले बेलायतमा बस्दै आएका उनीहरुले दिल्लीमा एक शानदार खरिद गरेका छन्।

भारतीय अनलाइन नवभारत टाइम्सका अनुसार उनीहरुले दिल्लीमा खरिद गरेको उक्त घरको मूल्य १ सय ७३ करोड भारतीय रुपैयाँ रहेको छ। पृथ्वीराज रोडमा रहेको उक्त घर ३ हजार १ सय ७० वर्ग गजमा रहेको बताइएको छ।

भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताहरुमा यो शानदार घरको केही तस्वीर भाइरल बनेको छ। उनीहरुको घरको अगाडि महल पनि फिक्का देखिएको सामाजिक सञ्जालमा चर्चा रहेको छ।

Advertisement

 आनंद, सुनील आहूजा छोरा र हरीश आहुजा का नाती हुन्, जो भारतका सबैभन्दा ठूला गारमेंट एक्सपोर्ट हाउस ‘शाही’ एक्सपोर्ट्सका मालिक हुन्। सोनम र आनन्दको विवाह भएको तीन वर्ष पूरा भएको छ र उनीहरु अहिले लण्डनमा बस्दै आएका छन्।