November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

अक्षय कुमारको फिल्म बेल बटम हलमा रिलिज हुने, मिति सार्वजनिक

3.9K

भारत– बलिउड सुपरस्टार अक्षय कुमारका फ्यानका लागि खुसीको समाचार सार्वजनिक भएको छ। उनको फिल्म ‘बेल बटम’को रिलिज डेट सार्वजनिक गरिएको छ, यससँगै फ्यानहरुले अक्षयको फिल्म हलमा गएर हेर्न पाउने भएका छन्।

यो फिल्म कुनै ओटीटी प्लेटफर्ममा नभइ हलमा नै रिलिज हुने जनाइएको छ। मंगलबार बिहान अक्षय कुमारले ट्वीटमा एक पोस्ट गर्दै ‘बेल बटम’ को रिलिज डेटको घोषणा गरेका हुन्।

अक्षयले खुसी व्यक्त गर्दै उनको फिल्म २७ जुलाई २०२१ मा फिल्म हलमा रिलिज हुने बताएका छन्। 

Advertisement