January 15, 2026, Thursday
२०८२ माघ १
1:37:26 pm

चर्चामा माधुरी दीक्षितले लगाएको १ लाख १६ हजार मूल्यको लेहेँगा

3K

भारत– माधुरी दीक्षित बलिउडकी सुन्दरी अभिनेत्रीमध्ये एक हुन्। उनी पछिल्लो समय आफ्नो स्टाइल र फेसनका कारण चर्चामा रहने गरेकी छिन्।

माधुरीले हालसालै सामाजिक सञ्जालमा केही तस्वीर सेयर गरेकी थिइन् जसमा उनी निकै आकर्षक देखिएकी थिइन्।

mostbet

अभिनेत्री माधुरीले जब इन्स्टाग्राममा फोटो शेयर गरिन् तव उनको यो परम्परागत गेटअपलाई धेरैले मन पराएका छन्। उनले तस्वीर राखेको केही समयमा नै तस्वीर भाइरल बन्यो।

Advertisement

निलो लेहेँगा र चोली सेटमा निकै सुन्दर देखिएकी उनले त्यससँग मिल्दो सल पहिरिएकी छिन्। माधुरीले लगाएको आउटपिट फ्रिओजा आर्सनिरको वेवसाइटमा उपलब्ध रहेको छ जसको मूल्य ७३ हजार भारतीय रुपैयाँ (करिब १ लाख १६ हजार नेपाली रुपैयाँ) राखिएको छ।