November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

प्रशान्त तामाङलाई मातृशोक

4.2K

अभिनेता तथा गायक प्रशान्त तामाङलाई मातृशोक परेको छ। उनकी आमा रूपा तामाङको निधन भएको हो।

दार्जिलिङको एक अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको हो।

‘एउटी आमा गुमाउनु भनेको एक क्षणमा हुँदैन, जे भयो त्यसको प्रभावलाई बुझ्न वर्षौं लाग्छ । हार्दिक श्रद्धाञ्जली मेरो सबैभन्दा प्यारो आमा । आई लभ यू,’ उनले फेसबुकमा लेखेका छन्।

Advertisement

प्रशान्तले यो घडीमा आफूलाई बलियो रहन प्रेरित गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।