November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

सलमान खानको नयाँ फिल्म राधेको ट्रेलर सार्वजनिक

3.9K

भारत– भारतमा कोरोना भाइरस संक्रमणको दर बढिरहँदा चलचित्र क्षेत्र नराम्रोसँग प्रभावित बनेको छ।

कयौं राज्य र शहरहरुमा हलहरु बन्द अवस्थामा छन्। तर, अभिनेता सलमान खान अभिनित फिल्म ‘राधे–यू मस्ट वान्टेड भाइ’ निर्धारित मितिमै प्रदर्शन हुने भएको छ। 

यसैबीच उक्त फिल्मको ट्रेलर आज(विहीवार) सार्वजनिक गरिएको छ। 

Advertisement

फिल्मको ट्रेलर एक्सन प्रधान छ। फिल्ममा सलमान प्रहरीको भूमिकामा देखाइएको छ।

फिल्म १३ मेमा थिएटरसँगै डिजिटल प्लेटफर्ममा फिल्म एकसाथ रिलिज हुने जनाइएको छ। 

कोरियोग्राफर प्रभु देवा निर्देशित फिल्ममा ज्याकी श्राफ, दिशा पाटनी र रणदीप हुड्डाको मुख्य भूमिका रहेको छ। जी स्टूडियोजले यो फिल्मको सेटेलाइट, थिएट्रिकल, डिजिटल र म्यूजिक राइट्स २ सय ३० करोडमा किनिसकेको छ। ‘राधे’ कोरियन फिल्म ‘द आउटलज’ को हिन्दी रिमेक रहेको बताइएको छ।