November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

सामाजिक सञ्जाल छाड्ने आमिर खानको घोषणा

2.8K

नयाँदिल्ली- बलिउड अभिनेता आमिर खानले सामाजिक सञ्जाल छाड्ने घोषणा गरेका छन्। आफ्नो जन्मदिनको अवसरमा उनले सामाजिक सञ्जाल छाड्ने घोषणा गरेका हुन्।

इन्स्टाग्राममार्फत शुभकामना दिने उनले यो नै सामाजिक सञ्जालका लागि अन्तिम पोस्ट भएको बताएका छन्।

आमिरले भनेका छन्, ‘सामाजिक सञ्जालमा यो नै मेरो अन्तिम पोष्ट हो। म धेरै सक्रिय छु भन्ने देखेर मैले यो निर्णय लिएको हुँ। यस बाहेक एकेपी (टेलिभिजन च्यानल)ले यसको आधिकारिक च्यानल बनाएको छ। त्यसैले म र मेरा फिल्मबारे अपडेटहरू त्यहाँ हेर्न सकिन्छ।’

Advertisement