November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

सलमानको राधे वैशाख ३०मा रिलिज हुने

3.4K

नयाँ दिल्ली – सलमान खान स्टारर बलिउड फिल्म ‘राधे योर मस्ट वान्टेड भाइ’ आगामी वैशाख ३० गते रिलिज हुने भएको छ।
मुस्लिम धर्मावलम्वीको पर्व इदको अवसरमा रिलिज हुन लागेको फिल्ममा सलमानसहित दिशा पटानी, रणदीप हुडा र ज्याकी श्रोफको प्रमुख भूमिका रहेको छ ।

सलमानले सामाजिक संजालमा फिल्मको नयाँ पोस्टर रिलिज गर्दै प्रदर्शन मितिबारे जानकारी दिएका हुन् ।

पोस्टरमा सलमानलाई एक्सन अवतारमा देख्न सकिन्छ । सलमान खान फिल्मस र जी स्टुडियोले मिलेर निर्माण गरेका हुन् ।

Advertisement