काठमाडौँ – बलिउडमा मिस्टर परफेक्सनिष्टको नामले परिचित नायक आमिर खान आज आफ्नो ५५ औं जन्मदिन मनाउँदैछन् । आमिरको जन्मदिनमा उनलाई सामाजिक संजालमा बलिउडकर्मी र उनका फ्यानले शुभकामना दिइरहेका छन् । मार्च १४ मा जन्मिएका आमिरको पुरा नाम आमिर हुसेन खान हो । उनी, एक नायकसँगसँगै चलचित्र लेखक, निर्माता, निर्देशक, कार्यक्रम संचालक समेत हुन् ।
आमिरले सन् १९८८ मा रिलिज भएको चलचित्र ‘कयामत से कयामत तक’बाट मुख्य नायकको भूमिकामा काम गरेका थिए । आमिरले यो चलचित्रबाट उत्कृष्ट नव–नायकको अवार्ड समेत जितेका थिए । यसपछि भने आमिरले कहिले पनि पछाडि फर्किएर हेर्नुपरेको छैन ।