November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

विपिन र मेनुका नेफ्टा अवार्डको उत्कृष्ट नायक नायिकामा सम्मानित

4.2K

चलचित्र प्राविधिक संघको आयोजनामा १०औं नेफ्टा अवार्ड सम्पन्न भएको छ । शनिवार पाँचतारे होटल सोल्टीमा आयोजित अवार्ड समारोहमा फिल्म ‘छक्का पञ्जा ३ र प्रसाद’ ले महत्त्वपूर्ण ६/६ विधामा अवार्ड जित्न सफल भए । ‘छक्का पञ्जा ३’ उत्कृष्ट फिल्म घोषित हुँदा ‘प्रसाद’ बाट विपिन कार्कीले उत्कृष्ट नायक र ‘साइँली’ बाट मेनुका प्रधानले उत्कृष्ट नायिकाको अवार्ड उचाले ।

‘छक्का पञ्जा ३’ बाट दीपाश्री निरौलाले उत्कृष्ट निर्देशकको अवार्ड पाउँदा ‘हरी’ ले जुरी अवार्ड पायो । त्यस्तै, पपुपल नायकको अवार्ड अनमोल केसी र पपुलर नायिकाको अवार्ड साम्राज्ञी आरएल शाहले प्राप्त गरे । कार्यक्रममा साउन्ड इन्जिनियर प्रदीपकुमार उपाध्याय र प्रकाश व्यवस्थापक नारायण तमिल्सिनालाई ५१ हजार १११ नगदसहित दीर्घ साधना सम्मान प्रदान गरिएको थियो । २०७५ सालमा प्रदर्शित फिल्मलाई अवार्ड प्रदान गरिएको हो । उपराष्ट्रपति नन्दबहादुर पनको प्रमुख आतिथ्यतामा भएको अवार्ड कार्यक्रममा नयाँ तथा पुराना विभिन्न कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा चलेका कलाकारहरुको उपस्थिति भने न्यून थियो । कोरोनाले धरासायी बनेको नेपाली फिल्म क्षेत्रलाई यस अवार्डले चलायमान बनाउने विश्वास नेफ्टाले लिएको छ ।  

यस्तो छ अवार्ड जितेको सूची –  मेकअप एन्ड हेयर : शमशेर लामा (रोमियो एन्ड मुना) कस्ट्युम डिजाइनर : युबी थापा (इन्टुमिन्टु लन्डनमा) कला निर्देशक : पासाङ टी शेर्पा (रोमियो एन्ड मुना) ब्याकग्राउन्ड स्कोर : एलिस कार्की (डमरुको डन्डिबियो) ध्वनी मिश्रण : मुकेश शाह (डमरुको डन्डिबियो) गीतकार : जाऊँ माया सरर, गणेश शाह (प्रसाद) संगीत : जाऊँ माया सरर, सुवास भुषाल (प्रसाद) एरेन्जर : जाऊँ माया सरर, उदयराज पौडेल (प्रसाद) गायक : जाऊँ माया सरर, केतन क्षेत्री (प्रसाद) गायिका : समिक्षा अधिकारी (नाइँ नभन्नू ल ३) कथा : छक्का पञ्जा ३ पटकथा : छक्का पञ्जा ३ (दीपकराज गिरी) संवाद : सुशिल पौडेल (प्रसाद) ट्रेलर : साहिल खान (ए मेरो हजुर ३) भीएफएक्स : रोमियो एन्ड मुना रङ संयोजन : अर्जुन कार्की (हरी) आदिवासी जनजाति : प्राङ्गना (तामाङ फिल्म) सह–अभिनेत्री (महिला) : सुरक्षा पन्त (गोपी) सह–अभिनेता (पुरुष) : अनुप बराल (डमरुको डन्डिबियो) अभिनेता–नेगेटिभ रोल : प्रमोद अग्रहरी (कथा काठमाण्डू्) अभिनेता कमेडी : केदार घिमिरे (छक्का पञ्जा ३) द्वन्द्व निर्देशक : चन्द्र पन्त (रणवीर) नृत्य निर्देशक : कविराज गहतराज (ए मेरो हजुर ३) डेब्यु अभिनेत्री (महिला) : सुहाना थापा (ए मेरो हजुर ३) डेब्यु अभिनेता (पुरुष) : धीरज मगर (इन्टु मिन्टु लन्डनमा) डेब्यु निर्देशक : संगीता श्रेष्ठ (कथा काठमाडौं) सम्पादक : मित्र गुरुङ (कथा काठमाडौं) छायांकार : चिन्तनराज भण्डारी (हरी) पपुलर अभिनेत्री : साम्राज्ञी शाह पपुलर अभिनेता : अनमोल केसी पपुलर फिल्म : छक्का पञ्जा ३ जुरी अवार्ड फिल्म : हरि अभिनेता : बिपिन कार्की (प्रसाद) अभिनेत्री : मेनुका प्रधान (साइँली) निर्देशक : दीपाश्री निरौला (छक्का पञ्जा ३) फिल्म : छक्का पञ्जा ३

Advertisement