काठमाडौं – पछिल्लो समय चर्चा कमाउन सफल ‘रेलको बाटो’को अफिसियल भिडियो सार्वजनिक भएको छ। कलाकार चिरञ्जीबी सापकोटाको मुख्य अभिनय रहेको गीत हिजो बिहीबार सार्वजनिक गरिएको हो।
कर्णाली प्रदेशको विकट मानिएको डोल्पा जिल्लास्थित से–फोक्सुण्डो ताल आसपासमा गीतको छायांकन गरिएको थियो। गीतमा कर्णालीको दुर्गम परिवेशलाई भिडियोमा देखाइएको छ। सुरज पण्डितको आवाजमा रहेको यो गीतमा चिरञ्जीबी सापकोटासहित सरस्वती खत्री र लक्ष्मण देवकोटाको अभिनय छ।
गीतको शब्द लेखराज गिरीले लेखेका हुन्। भिडियोको निर्देशन लक्ष्मण सुनारले गरेका हुन्।