November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

नम्रता र विनय फेरि एकसाथ पर्दामा

२०७७ फाल्गुन २६

6.4K

काठमाडौं– नायिका नम्रता श्रेष्ठ र नायक विनय श्रेष्ठ पुन: एकैसाथ पर्दामा देखिने भएका छन्।

चर्चित फिल्म ‘सानो संसार’मा एकैसाथ काम गरेका यो जोडीसँगै काम गर्न लागेका हुन्। फिल्मको नाम भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।

फिल्मलाई राजीव गुरुङले निर्देशन गर्ने भनिएको छ। फिल्मको ५० प्रतिशत छायांकन सिक्किममा हुने र बाँकी नेपालमा हुने बताइएको छ।

Advertisement

नम्रताले  ‘जायरा’ मा काम गरेपछि अरु फिल्म खेलेकी छैनन्। तर  ‘प्रसाद २’ मा भने उनी पक्का भइसकेकी छन्। त्यस्तै नायक विनयले पनि ‘रोमियो एन्ड मुना’ पछि नयाँ फिल्म खेलेका छैनन्। 

यो फिल्मपछि नयाँ काम अब नम्रतासँगको नै हुनेछ।