काठमाडाैं– कोरोना महामारीको चपेटामा परेको फिल्म ‘ए मेरो हजुर ४’ ले प्रदर्शन मिति तोकेको छ।
झरना थापाको निर्देशनमा बनेको फिल्मले २०७८ साल भदौ १८ गतेका लागि प्रदर्शन मिति तोकेको हो।
सामाजिक सञ्जाल फेसबुकमा निर्देशक तथा नायिका झरनाले फिल्म प्रदर्शन गर्ने मिति सार्वजनिक गरेकी हुन्।
फिल्ममा नायक अनमोल केसी र झरनाकै छोरी सुहाना थापाको मुख्य भूमिका छ।