November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

बलिउड अभिनेता रणवीर कपूरमा कोरोना पुष्टि

२०७७ फाल्गुन २५

2.9K

काठमाडौँ – बलिउड अभिनेता रणवीर कपूरमा कोरोना पुष्टि भएको छ।

रणवीरलाई कोरोना पुष्टि भएको भारतीय सञ्‍चारमाध्यमले जनाएका छन्।  उनका अंकल रणधीर कपुरले केही दिनअघि स्वास्थ्यमा खराबी देखिएपछि कपुरको स्वाब लिइएको बताएका छन्।  

कोरोना पुष्टी भएपछि उनी अहिले क्वारेन्टाइनमा राखेर उपचार भइरहेको बताइएको छ। केही महिनाअघि रणवीरकी आमा तथा अभिनेता नीतु सिंहलाई पनि कोरोना पुष्टि भएको थियो। उनी आगामी फिल्म ‘जुग जुग जियो’को सुटिङ क्रममा कोरोनाबाट संक्रमित भएकी थिइन्।

Advertisement

अहिले रणवीरले केही फिल्ममा काम गरिरहेका छन्।