काठमाडौं–इन्स्टाग्राममा हलिउडकी चर्चित कलाकार जेनिफर जोहाना एनेस्टेनले शुक्रवार ‘स्टोरी’ अपडेट गरिन्। जहाँ जर्मन चान्सलर एन्जेला मर्केल, न्युजल्याण्डकी प्रधानमन्त्री ज्याकिन्डा आर्डेन र नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी थिइन्।
राष्ट्रपति भण्डारीको फोटोमा लेखेकी छन्, ‘विश्वमा परिवर्तन नचाहनेहरूले हल्ला गरिरहेका बेलामा पनि परिवर्तन सम्भव छ।’
उनको संकेत थियो, महिलाहरू अघि बढेको हेर्न नचाहनेका बीच पनि यी महिलाहरूले आफूलाई प्रमाणित गरेका छन्। देशको नेतृत्व गरिरहेका छन्।
