November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

बलिउड नायिका दीपिकाले लगाइन् ४० हजारको मास्क !

3.3K

काठमाडौं- बलिउडमा तहल्का मच्चाएर हलिउडम्म पुगेकी कलाकार दीपिका पादुकोणले नेपाली रूपैयाँ ४० हजारको मास्क लगाएकी छन्। अभिनयसँगै फेशनमा समेत सबैको मन जित्न सफल उनको ४० हजारको मास्क लगाएको फोटो सामाजिक सञ्जामा यतिखेर चर्चाको विषय बनेको छ।

भाइरल भइरहेको फोटोमा उनले कालो पहिरन लगाएकी छन्। कालो लुगा दीपिकाको पहिलो प्रेम भएको उनले विभिन्न अन्तर्वार्तामा बताउँदै आएकी छन्। विशेष अवस्थामा उनलाई कालो रंगका कपडा नै लगाउन मनपर्छ।

भाइरल भएको फोटोमा दीपिकाले तल देखि माथिसमम कालो रंगको कपडा लगाएकी छन्। त्यसैमा, कोरोना काललाई ध्यान दिँदै कालो रंगकै मास्क पनि लगाएकी छन्। सामान्य देखिएको यही मास्कले नै दीपिकालाई भाइरल बनाइरहेको छ।

Advertisement