November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

प्राज्ञ अशोककुमार राई सम्मानित

860

काठमाडौं । लोकसङ्गीत अन्वेषक, सङ्गीतज्ञ तथा सङ्गीत–संयोजक प्राज्ञ अशोककुमार राई सम्मानित भएका छन् ।

१८औँ गणतन्त्र दिवसका अवसरमा आयोजित समारोहमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले राईलाई सृजनाका माध्यमबाट गणतन्त्रको स्थापना र संस्थागत विकासका लागि उल्लेखनीय योगदान दिएबापत ‘गणतन्त्र स्रष्टा सम्मान’बाट सम्मानित गरेको हो ।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालका वरिष्ठ केन्द्रीय उपाध्यक्ष तथा मदन भण्डारी कला–साहित्य प्रतिष्ठानका सचिवालय सदस्यसमेत रहेका राईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले दोसल्ला, माला र सम्मानपत्र समर्पण गरी सम्मान गरेका थिए । समारोहमा राईसहित सात जनालाई सम्मान गरिएको थियो ।

Advertisement

कार्यक्रम नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानकी कुलपति निशा शर्मा पोखरेको सभापतित्वमा आयोजना भएको थियो ।