लन्डन । कलाकार दिल कङलिबाको नयाँ गीत ‘सेवारो हजुर सोल्टी ज्यु’ बजारमा आएको छ । मंगलबार लिम्दुमी क्रियसन युट्युब च्यानलबाट गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
पूर्वेली लोक लयमा आधारित गीत र भिडियो लिम्बू जातीको भेषभूषा र संस्कृति झल्काउने गरी निर्माण गरिएको छ ।
गीतमा कुसुम काम्बाङको स्वर, जानु काम्बाङको शब्द तथा डा. अतुको संगीत रहेको छ । एरेन्ज र मिक्सिङ राजु कार्कीले गरेका छन् ।
भिडियोमा दिल कङलिबा र कुसुम काम्बाङको अभिनय रहेको छ । दिल कङलिबाले निर्देशन र कोरियोग्राफी गरेको भिडियोमा मज्जाको राई सिनेमाटोग्राफर रहेका छन् ।
रुजा लिम्बू, इस्रा राई, दिपशिखा राई, निशम इङनाम र नुमा लिम्बूले आकर्षक नृत्य गरेका छन् ।