November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

‘छाता ओढाइदेउन’ मा रमेश र रस्नाको अन्स्क्रिन प्रेम

1.1K

काठमाडौं । नायक रमेश उप्रेती र रस्ना पौडेल बीचको अन्स्क्रिन प्रेम र रोमान्सले भरिपूर्ण डान्सिङ शैलीको ’छाता ओढाइदेउन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

यस गीतमा गायिका रस्ना पौडेल र लोकप्रिय गायक तथा संगीतकार अर्जुन पोखरेलको युगल स्वर सुन्न सकिन्छ। गीतमा शब्द, संगीत र संगीत संयोजन अर्जुन पोखरेलको नै रहेको छ ।

श्याम तामाङले छायाँकन गरेको यस भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् । मौसम हिमालीको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो ओएसआर डिजिटल नामक युट्युब च्यानल मार्फत सार्वजनिक भएको ।

Advertisement