April 24, 2025, Thursday
२०८२ बैशाख १२
1:37:26 pm

मिस कोशी बिजेता शुभ लक्ष्मीसहित रनरअपहरूलाई सम्मान

965

विराटनगर । आठौं संस्करणको मिस कोशी–२०२४ प्रतियोगिताको उपाधि बिजेतासहित रनरअपहरूलाई सम्मान गरिएको छ । जय मिडिया म्यानेजमेन्ट प्रालिले बिहीबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।

सम्मानित हुनेहरूमा मिस कोशीका बिजेता सुनसरी इटहरी १९ तरहरा घर भएकी शुभलक्ष्मी राई, त्यसैगरी आयोजकको छनोट विजेतामा धरानकी निशा हाङ्मा लिम्बु, फस्ट रनरअप धरानकै निशा हाङ्मा लिम्बु, सेकेण्ड रनरअप झापाकी निगम मोक्तान तामाङ्ग, थर्ड रनरअप जुम्लाकी कृति बस्नेत र चौथो रनरअप इटहरीकी स्वस्तिका राई रहेकी छन् ।

सुनसरीको धरानमा गत शनिबार सम्पन्न भएको फाइनलमा २५ जना प्रतिस्पर्धीलाई पछि पार्दै शुभलक्ष्मी राईले मिस कोशीको उपाधि जितेकी थिइन् । उपाधिसँगै उनले नगद १ लाख रुपैयाँ र विभिन्न गिफ्ट ह्याम्पर जितिन् ।

Advertisement

सम्मानित भएका प्रतियोगिहरुलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका खानेपानी, सिचाइ तथा उर्जा मन्त्री एकराज कार्र्की, जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जय राज राय, सिइओ निशा खतिवडा रायले सम्मान गरे । कार्यक्रममा बोल्दै मन्त्री राईले यस्तो प्रतियोगिताले किशोरीहरुको प्रतिभा प्रस्फुटनमा ठूलो सहयोग पुग्ने बताए । आगमी दिनमा पनि निरन्तरा दिनुपर्नेमा उनले जोड दिए ।
त्यसैगरी मिस कोशीको बिजेता शुभ लक्ष्मी राइले आगमी लक्ष्य मिस युनिभर्स नेपालको उपाधि जित्ने रहेको बताइन् । ‘पहिलो पटक भाग लिएको प्रतियोगिताबाट मिस कोशीको ताज पहिरिन सफल भए,’ उनले कार्यक्रममा भनिन्, ‘अबको लक्ष्य भनेको एउटै रहेको छ । त्यो हो मिस यूनिभर्स नेपालको उपाधि हात पार्ने । त्यसको लागि कडा मेहनत गर्नेछु ।’