July 16, 2024, Tuesday
२०८१ श्रावण १
1:37:26 pm

‘मिसेस व्यूटी क्वीन नेपाल २०२४’ को अडिसन सम्पन्न

475

काठमाडौं । विगत १५ वर्षदेखि विभिन्न सौन्दर्य प्रतियोगिताहरूको आयोजना गर्दै आएको सिजन मिडियाले ‘मिस मिसेस व्यूटी क्वीन नेपाल २०२४’ सातौं संस्करणका लागि दोस्रो अडिसन सम्पन्न गरेको ।

उक्त अडिसनवाट १५ जना छनौट गरिएको आयोजकले जनाएको छ ।

उपत्यका लगायत मोफसलका विभिन्न ठाउँबाट काठमाडौं आएका १९ वर्षदेखि ५० वर्षसम्मका विवाहित महिलाहरुलाई मध्यनजर गर्दै उक्त कार्यक्रम आयोजना गर्न लागिएको सिजन मिडियाका कार्यक्रम निर्देशक रेजिना तुलाधरले बताइन् ।

Advertisement

विवाहित महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, साथै उनीहरूको आन्तरिक क्षमता उजागर गर्न कार्यक्रम गर्न लागिएको उनले बताइन् ।

उक्त प्रतियोगीताको अन्तिम प्रतिस्पर्धा साउनको अन्तिम साता काठमाडौंमा हुनेछ । उक्त प्रतियोगितामा सहभागीताको लागि आवेदन फारम पनि खुल्ला गरेको छ ।