November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

करण परियार बने नेपाल आइडल–पाँचौँ संस्करणको विजेता

1.2K

काठमाडौं । प्रतिस्पर्धात्मक गायन कार्यक्रम नेपाल आइडल–पाँचौँ संस्करणको विजेता बर्दियाका करण परियार बनेका छन् । शनिबार साँझ सम्पन्न अन्तिम प्रतिस्पर्धामा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई दर्शकबाट प्राप्त मतका आधारमा पछि पार्दै उनले उपाधि जितेका हुन् ।

विजेता भएसँगै परियारले नगद २५ लाख रुपैयाँसहित अन्य उपहार प्राप्त गरेका छन् ।

प्रतियोगितामा पोखराकी सलोमी गुरुङ दोस्रो भइन् । उनले १० लाख रुपैयाँ पाइन् । त्यस्तै तेस्रो भएका दार्जीलिङका सचिन विश्वकर्माले ५ लाख रुपैयाँ पाए । त्यस्तै चौथो स्थान हात पारेका दार्जीलिङकै मोहित भुजेलले स्कुटर पाए ।

Advertisement

‘नेपाल आइडल’को पाँचौँ संस्करणको निर्णायकमा न्हू बज्राचार्य, कालिप्रसाद बाँस्कोटा र इन्दिरा जोशी थिए । अन्तर्राष्ट्रिय फ्रेन्चाइज गायन रियालिटी सो नेपाल आइडलको पाँचौं संस्करणका लागि देशभरिबाट १ सय ५२ जना छानिएका थिए ।