November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

हिन्दी गीत ‘बहुरानी’मा रीमा विश्वकर्मा

2K

काठमाडौँ । गीतकाकार प्रमिला बस्नेतको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीतमा हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक भएको छ । गीतमा समाजमा घट्ने विभिन्न घटनाहरुलाई समेटिएको बताइएको छ ।

गीतमा अन्नु चौधरीको स्वर र विश्व अधिकारीको एरेन्ज छ । उक्त गीतको म्युजिक भिडियो प्रमिला बस्नेत युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।

केशवराज भट्टको निर्देशन रहेको भिडियोमा रिमा विश्वकर्मा, एलिसा शर्मा, सृष्टी सुब्बा, सम्राट अधिकारी, रश्मी श्रेष्ठ, राधिका थापा, प्रतिक्षा लिम्बु र दिपक भुर्तेल को अभिनय छ । भिडियोमा बुद्ध थापाको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ ।

Advertisement