November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

चलचित्र ‘मनसरा’ आजदेखि देशभर प्रदर्शनमा

1.6K

काठमाडौं । चलचित्र ‘मनसरा’ शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ ।

उपेन्द्र सुब्बाको निर्देशन रहेको चलचित्र दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राई लगायतको अभिनय रहेको छ ।

चलचित्रको निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् भने विष्णुकुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ फिल्मका सहनिर्माता हुन् ।

Advertisement

फिल्मलाई एप्पल  इन्टरटेन्मेन्ट कम्पनीले  वितरण गर्नेछ भने क्यूएफएक्स थिएटर पार्टनर रहेको छ ।

फिल्मले एकल महिला र निसन्तान पुरुषबिचको कथालाई देखाएको । बुधबार ललितपुर र बिहीबार विराटनगरमा प्रिमियर गरिएको यस चलचित्र हेर्ने सबैले चलचित्र उत्कृष्ट भएको बताएका छन्।