काठमाडौं । गीतकार विकु लामाको ‘सुनको सिक्री’ सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो ओएसआर डिजिटलको युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
साहित्यकार तथा समाजसेवी लामाको रचना रहेको यस
गीतमा सुरेश लामाको स्वर र धनु ग्यान्ग्मीको संगीत तथा संयोजन रहेको छ ।
उत्तमप्रसाद अधिकारीको निर्देशन, सुरेश पाण्डेको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा तलिसा गुरुङ, नुप गुरुङ र सोनाक्षी महतको अभिनय छ ।
यस भिडियोलाई रणधीर श्रेष्ठले छायांकन गरेका हुन् भने धुर्बराज पराजुलीले सम्पादन गरेका हुन् ।