काठमाडौं । टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ३ को कोचमा गायिका मेलिना राई अनुबन्धित भएकी छन् । शोले सोमबार बेलुका सामाजिक संजालमार्फत उक्त राई अनुबन्धित भएको जानकारी दिएको हो ।
राईसँगै पपगायक छेवाङ शेर्पा पनि उक्त शोमा अनुबन्धित भैसकेका छन् । प्रमोद खरेलले पनि कोचको रुपमा निरन्तरता दिने भएका छन् ।
यतिबेला भ्वाइस किड्सको पछिल्लो संस्करणका लागि डिजिटल अडिसन चलिरहेको छ । ६ देखि १४ वर्ष उमेर समूहका इच्छुक बालबालिकाले यो शोमा भाग लिन पाउनेछन् ।