पाँचथर । लिम्बु भाषाको गायक यादन शेर्मा तथा गायिका मञ्जु सम्बाहाम्फेको लिम्बु भाषाको गीत ‘हौ तुम्बे सरुम्बे’ सार्वजनिक भएको छ । गीतमा सुवर्ण नेम्बाङ यम्बेको शब्द रहेको छ भने संगीत गायक यादन शेर्मा आफैले भरेका छन् ।
श्याम लिम्बुको एरेन्जमा श्रद्धा स्टुडियो काठमाडौंमा रेकर्डिङ गरिएको उक्त गीतको भिडियोमा नायक तथा मोडल मधु केरुङ र मोडल संगीता लावती मुख्य भूमिकामा रहेका छन् ।
भिडियो पाँचथर जिल्लाको रमणिय स्थल लब्रेकुटी, सिलौती, फेदेन लगायतको स्थलहरुमा सुटिङ गरिएको छ।
किरण अधिकारी तथा लि सेन्दो सेलिङको छायाङकन सहयोग रहेको भिडियोमा मुख्य छायाङकन, ड्रोन तथा सम्पादन मेघराज मग्रान्तिको रहेको छ ।
गीतलाई यादन शेर्मा लिम्बु अफिसिया युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।