December 3, 2023, Sunday
२०८० मंसिर १७
1:37:26 pm

भोलामान गुरुङको ‘छ्याङ्कुटी डाँडा’ सार्वजनिक

3.2K

काठमाडौं । सारङ्गी वादक भोलामान गुरुङको ‘छ्याङ्कुटी डाँडा’ गीत सार्वजनिक भएको छ । भोलामानकै शब्द रहेको उक्त गीतको भिडियो युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

गीतमा दिपेन्द्र राई र गणेश रिजालको संगीत रहेको छ भने रुद्र श्रेष्ठको संयोजन रहेको छ । यस गीतमा आफ्नै जीवनमा घटेका घटना, बाल्यकालको सम्झना, परिवारबाट टाढा हुँदाको क्षणलाई समावेश गरिएको गुरुङ बताउछन् ।

संखुवासभा चिचिला गाउँपालिकामा जन्मिएका भोलामान हाल सुनसरीको ईनरुवामा रहेर गीतसंगीतमाथि काम गरिरहेका छन् । नेपाली सेनामा कार्यरत रहँदै नेपाली गीतसंगीतमा काम गर्दै आएको बताउने उनी अवकास पछि पनि जारी राखेको बताउछन् ।

Advertisement

गीतको भिडियोको निर्देशन दिपेन्द्र राईले गरेका हुन् भने छायांकन सागर हेयोन्ज गरेका हुन् ।