September 25, 2023, Monday
२०८० आश्विन ८
1:37:26 pm

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को उपाधि प्रितम राई र खुशी कार्कीको पोल्टामा

685

काठमडौं । इन्ट्रा नेपाल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले सञ्चालन गरेको प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’को उपाधि भारतका प्रितम राईले हात पारेका छन् भने ‘मेरो डान्स युनिभर्स’ को उपाधि थाइल्यान्डकी खुशी कार्कीले हात पारेकी छन् । शनिबार ललितपुरको गोदावरीमा भएको प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा अन्तिम पाँच–पाँच प्रतियोगीबाट उनीहरू छानिएका हुन् ।

उनीहरू दर्शक तथा स्रोताको भोटबाट छानिएका दुवै प्रतियोगिताका विजेताले जनही एक करोड रुपैयाँ पुरस्कार पाएका छन् । यो नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको प्रतियोगिता हो ।

मेरो भ्वाइस युनिभर्सको फस्ट रनरअप भारतका शिशिर ठटाल, सेकेन्ड रनरअप नेपालका शरद हुमागाईँ, थर्ड रनरअप नेपालकै परेश राई र फोर्थ रनरअप भारतका साइराज खाती भएका छन् । उनीहरुले क्रमशः ३० लाख, २० लाख, १० लाख र पाँच लाख रुपैयाँसहित विभिन्न पुरस्कार प्राप्त गरेका छन् ।

Advertisement

यस्तै, ‘मेरो डान्स युनिभर्स’ को फस्ट रनरअप बेल्जियमकी देवी गर्बुजा, सेकेन्ड रनरअप भारतकी मिग्मा डि लेप्चा, थर्ड रनरअप नेपालका स्वस्तिक अर्याल र फोर्थ रनरअप नेसन नेपालकै सुस्लिङ मगर भएका छन् ।

‘टप फाइभ’ बीचको ‘ग्रान्ड फिनाले’ मा समूह नृत्यतर्फ भने नेपाल प्रहरी विजयी भएको छ । यो समूहले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । फस्ट रनअर अप धरानको नितृ कला प्रतिष्ठानले दश लाख रुपैयाँ र सेकेन्ड रनरअप भारती कल्चर ग्रुपले पाँच लाख रुपैयाँ प्राप्त गरेको छ । सबै विजेतारुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगिताका लागि यो फाउन्डेसनले गएको वर्षदेखि विश्वका विभिन्न ५२ देशबाट प्रतिभा छानेको थियो ।