काठमाडौँ । नेपाली कथानक चलचित्र ‘महानगर’ (वान नाइट इन काठमाडौं)को विशेष प्रदर्शन भएको छ । शुक्रबार चलचित्र विकास वोर्ड, सरस्वतीनगर काठमाडौँमा भएको विशेष प्रदर्शनीमा निर्देशक मोहन राई, कुटनीतिक नियोगका अमृत राई, चलचित्र निर्माता ओमकुमारी चेम्जोङ, मुख्य कलाकार मेनुका प्रधानले चलचित्रसम्बन्धि दर्शकका जिज्ञासाको उत्तर दिएका थिए ।
भदौ ८ मा सार्वजनिक प्रदर्शनमा आउने चलचित्रमा एक साँझ दुई अपरिचित व्यलितको अनायस हुने भेट र त्यसपछिको घट्नाक्रमको कथा रहेको छ ।
यस चलचित्रले सन् २०२१ म कोलकाता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा विश्व प्रिमियर भएको यस चलचित्र अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभल, नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, वासिङ्गटन डी।सी। साउथ एसियन फिल्म फेस्टिभल, स्पेनको एसियन फिल्म फेस्टिभल बार्सिलोना र नेपालको पामे अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल र नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा अफिसियल स्क्रिनिङ्ग भइसकेको छ । यसका साथै इण्डस भ्याली इन्टरन्याश्नल फिल्म फेस्टिभल तथा हालै भारतको जागरण फिल्म फेस्टिभलमा पनि ‘महानगर’ छनौट भएको छ ।
चलचित्रले निफमा राष्ट्रिय चलचित्रको क्याटगोरीमा उत्कृष्ट चलचित्र, उत्कृष्ट पटकथा, अभिनय तथा निर्देशनको अवार्ड प्राप्त गरेको थियो भने नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा नेपाली पानोरामअन्तर्गत अनरेवल मेन्सन प्राप्त गरेको थियो । साथै इण्डस भ्याली इन्टरन्याश्नल फिल्म फेस्टिभलमा चलचित्रले ‘मोस्ट इलिसपिरेश्नल थीम’ अवार्ड तथा कार्मले अभिनयका लागि स्पेशल जुरी मेन्सन अवार्ड प्राप्त गरेका थिए ।
निर्देशक राईले विभिन्न देशका फेस्टिभलको यात्रापछि घरेलु दर्शकका लागि चलचित्र प्रदर्शन गर्न लागेको जनाएका छन् । उनले चलचित्रले विभिन्न सपना बोकेर महानगर भित्रिने युवाको सपना र यथार्थलाई फिल्ममार्फत अभिव्यक्त गर्ने प्रयास गरेको जनाए ।
माउन्टेन रिभर फिल्मस तथा गो विन प्रोडक्सन्स सँगको सहकार्यमा मिडलवे फिल्मस्ले निर्माण गरेको भने चलचित्रमा नरेन्द्र मैनालीको छायाङ्कन, परिलिषत झाको सम्पादन, किशोर आर्चायको ध्वनि सम्पादन तथा पुष्पासंगमको संगीत रहेको छ ।
चलचित्रको कार्यकारी निर्माता गोविन्द पराजुली हुन् भने क्रियटिभ निर्माता नवनिधि दाहाल रहेका छन् । सिनेमामा अनोज पाण्डे, शोविता अधिकारी, जीवन बराल, परीलक्षितविक्रम राणा, चन्द्र पाण्डे लगायतका कलाकार पनि अभिनय रहेको छ ।