काठमाडौँ । ११ औं नेफ्टा फिल्म अवार्डको उत्कृष्ट पाँच मनोनयन घोषणा भएको छ ।
काठमाडौंमा एक कार्यक्रम गर्दै आइतबार २५ विधामा मनोनयन घोषणा गरिएको हो । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मनोनितलाई प्रमाणपत्र वितरण गरेका थिए ।
नेफ्टाको यस संस्करणमा ‘छक्कापञ्जा ४’, ‘कबड्डी ४’, ‘ऐना झ्यालको पुतली’ र ‘फूलबारी’ को वर्चश्व देखिएको छ । ‘छक्कापञ्जा ४’ उत्कृष्ट फिल्मसहितका १५ विधामा मनोनित हुँदा ‘कबड्डी ४’ र ‘ऐना झ्यालको पुतली’ समान ११/११ विधामा छानिएका छन् भने ‘फूलबारी’ ९ विधामा मनोनित भएको छ ।
समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले गणतन्त्रपछि नेपाली फिल्मले देश तथा विदेशमा फैलने अवसर पाएको बताए । साथै उनले घरेलु फिल्मको ६ दशक लामो यात्रामा नेपाली फिल्मको बजार र दृश्यभाषाको गुणस्तरमा विकास भएको उल्लेख गरे ।
समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, फिल्मकर्मीहरू नीर शाह, मदनकृष्ण श्रेष्ठ, बसुन्धरा भुषाललगायतको उपस्थिति थियो । चलचित्र प्राविधिक संघका अध्यक्ष प्रेम भोम्जन (पुष्कर लामा) ले नेपाली फिल्मलाई विदेशी बजार र डायस्पोरामा फैलाउने मुख्य उद्देश्यले अवार्ड गर्न लागिएको बताए ।
अवार्ड आगामी साउन ६ गने अमेरिकाको टेक्सासमा वितरण गरिनेछ । फेम नेपाल, युएस खबर, आर्यन फिल्म्सले अमेरिकी संस्करणको अवार्ड गर्न लागेका हुन् । यसपटक ३० भन्दा बढी फिल्मकर्मी अवार्डमा सहभागि हुन् अमेरिका जाँदैछन् ।
हेर्नूस मनोनयन सूचीः–
उत्कृष्ट फिल्म
कबड्डी ४
छक्कापञ्जा ४
ऐना झ्यालको पुतली
द सेक्रेट्स अफ राधा
चिसो मान्छे
उत्कृष्ट निर्देशक
रामबाबु गुरुङ– कबड्डी ४
हेमराज बीसी– छक्कापञ्जा ४
सुवर्ण थापा– द सेक्रेट्स अफ राधा
दिपेन्द्र के खनाल– चिसो मान्छे
ज्ञानेन्द्र देउजा– झिंगेदाउ
उत्कृष्ट अभिनेता
विपीन कार्की– फूलबारी
दयाहाङ राई– कबड्डी ४
दीपकराज गिरी– छक्कापञ्जा ४
अनमोल केसी– ए मेरो हजुर ४
प्रदीप खड्का– प्रकाश
उत्कृष्ट अभिनेत्री
अरुणा कार्की– फूलबारी
स्वस्तिमा खड्का– चिसो मान्छे
मेनुका प्रधान– पानीफोटो
सृष्टि श्रेष्ठ– द सेक्रेट्स अफ राधा
मिरुना मगर– कबड्डी ४
उत्कृष्ट सहायक अभिनेता
रवि गिरी– ए मेरो हजुर ४
खगेन्द्र लामिछाने– द सेक्रेट्स अफ राधा
केदार घिमिरे– छक्का पञ्जा ४
सौगात मल्ल– कबड्डी ४
दयाहाङ राई– फूलबारी
उत्कृष्ट सहायक अभिनेत्री
दीया मास्के– प्रकाश
हिउँवाला गौतम– झिंगेदाउ
सिरु विष्ट– ऐना झ्यालको पुतली
लक्ष्मी बर्देवा– प्रेमगीत ३
दीपाश्री निरौला– छक्कापञ्जा ४
उत्कृष्ट डेब्यु अभिनेता
सुशिल खड्का– नालापानी
कुशल विष्ट– झिंगेदाउ
निशान चौहान– डेसान
दिनेश खत्री– ऐना झ्यालको पुतली
राइडर प्रसन– प्रेमगञ्ज
उत्कृष्ट डेब्यू अभिनेत्री
कृष्टिना गुरुङ– प्रेमगीत ३
कन्चन चिमरिया– ऐना झ्यालको पुतली
रक्षा बुढाथोकी– लाखे
सुप्रिया खनाल– प्रेमगन्ज
गौमाया गुरुङ– कबड्डी ४
उत्कृष्ट रङ संयोजन
रजन राना– द सेक्रेट्स अफ राधा
राजेन्द्र मोक्तान– ऐना झ्यालको पुतली
राजेन्द्र मोक्तान– ए मेरो हजुर ४
कपिल पराजुली– छक्का पन्जा ४
अर्जुन कार्की– कबड्डी ४
उत्कृष्ट छायांकार
नरेन्द्र मैनाली– छक्का पन्जा ४
सञ्जय लामा– ए मेरो हजुर ४
अमर महर्जन– ऐना झ्यालको पुतली
राजेश श्रेष्ठ– प्रकाश
नरेन्द्र मैनाली– द सेक्रेट्स अफ राधा
उत्कृष्ट सम्पादन
विपीन मल्ल– नालापानी
किरण श्रेष्ठ– ऐना झ्यालको पुतली
निमेष श्रेष्ठ– द सेक्रेट्स अफ राधा
निमेष श्रेष्ठ– छक्का पन्जा ४
निमेष श्रेष्ठ– कबड्डी ४
उत्कृष्ट पटकथा
सुजित बिडारी– ऐना झ्यालको पुतली
सुवर्ण थापा– द सेक्रेट्स अफ राधा
रिमेश अधिकारी/कृष्ण आचार्य– नालापानी
रामबाबु गुरुङ/उपेन्द्र सुब्बा– कबड्डी ४
उपेन्द्र सुब्बा– फूलबारी
उत्कृष्ट पाश्र्व ध्वनि
शैलेश श्रेष्ठ– ए मेरो हजुर ४
संगम पन्त– ऐना झ्यालको पुतली
सुजिल कर्माचार्य– छक्का पन्जा ४
रोहित शाक्य/शैलेश श्रेष्ठ– छक्का पन्जा ४
रोहित शाक्य/शैलेश श्रेष्ठ– फूलबारी
उत्कृष्ट ध्वनि मिश्रण
उत्तम न्यौपाने– फूलबारी
सुनयमान श्रेष्ठ– छक्का पन्जा ४
अमित श्रेष्ठ– ए मेरो हजुर ४
उत्तम न्यौपाने– लाखे
अमित श्रेष्ठ– मन्त्र
उत्कृष्ट द्वन्द्व निर्देशक
रोशन श्रेष्ठ– नालापानी
रोशन श्रेष्ठ– झिँगेदाऊ
हिमाल केसी– प्रेमगीत ३
सम्राट बस्नेत– लाखे
एनबी महर्जन/कुमार महर्जन– सोल अफ द कमाण्डो
उत्कृष्ट कला निर्देशक
आशिका शर्मा– प्रकाश
काला संग्रौला– ऐना झ्यालको पुतली
विनोद कडायत– प्रेमगीत ३
कृष्ण राई/उद्धवराज भट्टराई– नालापानी
पासाङ टी शर्मा– मन्त्र
उत्कृष्ट वेशभुषा
सुजनरत्न परियार– द सेक्रेट्स अफ राधा
बिनिता कडायत– चिसो मान्छे
जानकी कडायत– ऐना झ्यालको पुतली
कमलप्रसाद मिश्र– नालापानी
सुनिता श्रेष्ठ– छक्का पन्जा ४
उत्कृष्ट श्रृंगार र हेयर
शमशेर लामा/झरना राई– द सेक्रेट अफ राधा
शमशेर लामा– चिसो मान्छे
रवि केसी/निशा लामा– नालापानी
मनोज तामाङ/काव्या थापा– ए मेरो हजुर ४
श्रद्धा मास्के/सरस्वती श्रेष्ठ– छक्का पन्जा ४
उत्कृष्ट नव–निर्देशक
सुजित बिडारी– ऐना झ्यालको पुतली’
खगेन्द्र लामिछाने– पानी फोटो
शिवहरि पौडेल– लक्का जवान
परिच्छेद सेन– प्रेमगन्ज
रिमेश अधिकारी– नालापानी
उत्कृष्ट भिएफएक्स
अच्युत गजुरेल– नालापानी
गड रेज पिक्चर्स– प्रेमगीत ३
द पिक स्टुडियो– झिँगेदाउ
समिर मिया– प्रेमगन्ज
सत्यम राना/अच्यूत बजगाईं– ए मेरो हजुर ४
उत्कृष्ट गीतकार
आमाको मन– प्रमोद ढुंगाना (झिँगेदाउ)
फेरी भेट होला नहोला– कृष्णहरि बराल (प्रेमगन्ज)
आज युद्ध शिरमा छ– सुजिल कर्माचार्य (नालापानी)
सिरुपाते जुँगामा– शंकर अधिकारी घायल (छक्का पन्जा ४)
उड उड चरी उड– कालीप्रसाद बासकोटा (फूलबारी)
उत्कृष्ट संगीतकार
उड उड चरी उड– कालिप्रसाद बासकोटा/अनुपम शर्मा (फूलबारी)
आँखामा सपना केसरी– एसडी योगी (कबड्डी ४)
सिरुपाते जुंगामा– बबुल गिरी (छक्का पन्जा ४)
फेरि भेट होेला नहोला– गैरे सुरेश (प्रेमगन्ज)
कुनै दिन यस्तो– अर्जुन पोखरेल (कृष्णलीला)
उत्कृष्ट गायन पुरुष
उड उड चरी उड– कालीप्रसाद बासकोटा (फूलबारी)
आँखामा सपना केसरी– एसडी योगी (कबड्डी ४)
सिरुपाते जुँगामा– बाबुल गिरी (छक्का पन्जा ४)
बाबरी रंगमा रंगिएर– अनमोल गुरुङ (बाबरी)
कुनै दिन यस्तो– अर्जुन पोखरेल (कृष्णलिला)
उत्कृष्ट गायन महिला
कुनै दिन यस्तो– अन्जु पन्त (कृष्ण लिला)
फेरी भेट होला नहोला– स्वस्किा ठकुरी (प्रेमगन्ज)
बाबरी रंगमा रंगिएर– अस्मिता अधिकारी (बाबरी)
मीठो मीठो मन भित्र– देबान्जली बी जोशी (ह्यारी की प्यारी)
हर युग होस– प्रविशा अधिकारी (प्रेमगीत ३)
उत्कृष्ट नृत्य निर्देशक
घिन घिन ताङ– कविराज गहतराज (छक्का पन्जा ४)
माया जदौ– कविराज गहतराज (हिजो आजका कुरा)
मन त सँधै लक्का जवान– कविराज गहतराज (लक्का जवान)
आगो बिना बिँडी जल्दैन– रामजी लामिछाने (झिंगेदाउ)
हात्ती ढुंगामा– कविराज गहतराज (प्रेमगीत ३)