November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

जारीको कारण वैशाखमै ६ फिल्म फ्लप

2K

काठमाडौँ । चलचित्र जारीको कारण वैशाखमै अन्य ६ फिल्म फ्लप भएका छन् । २९ गते रिलिज हुन लागेको फिल्म ‘हल्कारा’सम्म आइपुग्दा वैशाख महिनामा ८ वटा फिल्म दर्शकमाझ आएका थिए ।

‘जारी’ले बक्स अफिसमा १६ करोड माथिको व्यापार गरिसक्दा त्यसपछि रिलिज भएका फिल्मको ग्रस कलेक्शन १ करोड पनि हुन सकेको छैन ।

‘जारी’सँगै हलमा रिलिज भएका ‘बिहे पास र बुलाकी’ बक्स अफिसमा कमजोर साबित भए । ‘बिहे पास’ले पहिलो दिनमा राम्रो व्यापार गरेपनि वैशाख २ गतेबाट दम तोड्यो । ‘बुलाकी’ले गतिलो शोज पाउन सकेन । निर्माताले फिल्म रिलिज भएको ४ दिनमै शोज नपाएको भन्दै हलबाट फिल्म उतारे ।

Advertisement

वैशाखको ८ गते बलिउड नायक सलमान खानको फिल्म ‘किसी का भाई किसी का जान’ रिलिज हुने भएपछि कुनै पनि नेपाली निर्माताले फिल्म रिलिज गर्ने हिम्मत नै गरेनन् । वैशाखको १५ गते ३ फिल्म रिलिज भए । यो मितिमा ‘नाई नभन्नु ल ६, प्रसाद २ र कैदीको पत्र’ नामक फिल्म रिलिज भए । तिन फिल्ममा ‘प्रसाद २’को व्यापार माथि रहेपनि सुखद रहन सकेन । फिल्मले अझै १ करोड ग्रस कलेक्शन पनि गर्न सकेको छैन । ‘नाई नभन्नु ल ६’ले त पहिलो सातामै दम तोड्यो ।

वैशाखको २१ गतेबाट अर्को प्रतिक्षित फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’ रिलिज भयो । रिनाशा राई रानाको निर्देशनमा तयार भएको यो फिल्मले रिलिजको एक सातासम्म आइपुग्दा सुखद कमाई गरेको छैन । यो कुरा स्वयंम निर्देशकले पनि स्विकार गरिसकेको अवस्था हो । बरु, रिनाशा र उनको टिम आउँदो दिनमा फिल्मले राम्रो व्यापार गर्न सक्नेमा आशावादी देखिएका छन् ।

यसरीहेर्दा, यो महिना ‘जारी’ले बम्पर व्यापार गर्दा ‘बिहे पास, बुलाकी, कैदीको पत्र, नाई नभन्नु ल ६, प्रसाद २ र आई एम ट्वान्टी वान’ असफल भएका छन् । अब, २९ गतेबाट रिलिज हुने फिल्म ‘हल्कारा’को व्यापार कस्तो हुन्छ त्यो हेर्न बाँकी छ ।