काठमाडौँ । प्रहरी नायव महानिरिक्षक (डीआइजीपी) चन्द्रकुबेर खापुङको रचनामा नयाँ गीत भिडियोमा सार्वजनिक भएको छ ।
गायक दीपक लिम्बूको स्वरमा स्वरवद्ध गीतलाई अर्जुन पोखरेलको संगीत, देवेश राईको एरेन्ज रहेको गीतको बोल “भाग्यमै नलेखेको” रहेको छ ।
गीतको भिडियोको लागि श्रृङ्गार सन्जु लिम्बू, सम्पादन अनिल रानाले गरेका छन् । छायांकन र निर्देशन भुपेन्द्र तुम्बाहाम्फेले गरेका छन् ।