November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

दीपा सुहाङको स्वरमा ‘चरी बस्यो’ कभर भर्सन

5.8K

काठमाडौं । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशित चलचित्र ‘जारी’को चर्चित गीत ‘चरी बस्यो’को ‘कभर भर्सन’ सार्वजनिक भएको छ । दीपा सुहाङको आवाज रहेको यस गीत बाँसुरी फिल्म्स् युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

कालीप्रसाद बास्कोटाको शब्द/संगीत/स्वर रहेको यस गीतलाई स्रोताले अत्यधिक रुचाएका थिए । सार्वजनिक भएको एमहिनामा यस गीतलाई ४२ लाखपटक बढी हेरिएको छ ।

गायिका दीपा सुहाङले यसअघि पनि नारायण रायमाझीको गीत ‘आगो पिएर बाँच्ने’, राजेशपायल राईको ‘यौवन’ गीतको कभर भर्सन गाएकी थिइन् । उक्त गीतहरुलाई स्रोताले अत्यधिक रुचाएका थिए ।

Advertisement

सुहाङले ‘खोटाङे माया’ ‘राइनी केटी मन पर्‍यो’, ‘सहेले बेसी’, ‘धड्कन’, ‘चिसो रात’, ‘सेवा सेवारो’, ‘पान्थरे कान्छी’, ‘माया बाँझियो’, ‘खेला सरी’, ‘नक्कले भेना’, ‘सिमसिम मेत्तुङपिनेन्ले’, ‘फेरेम्मो चुम्से’, ‘सकसक साप्पल्ला’, ‘मान्छेको आधार’, ‘जादु छ’, ‘बरपीपलसँगै’, ‘कस्तो माया’ लगायत सयौं लिम्बु तथा नेपाली गीतहरुमा स्वर दिइसकेकी छिन् ।

मोडलसमेत रहेकी दीपा रंगकर्मी पनि हुन् ।