June 14, 2025, Saturday
२०८२ असार १
1:37:26 pm

नेपाली चलचित्र ‘चरी’ को ट्रेलर सार्वजनिक

२०७९ फाल्गुन २६

4.9K

काठमाडौं । नेपाली कथानक चलचित्र ‘चरी’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार (आज) एक समारोहबीच पोस्टर सार्वजनिक गरिएको यश चलचित्रको आजै ट्रेलर पनि सार्वजनिक भएको हो ।

पोस्टरलाई एनआरएनका पूर्व अध्यक्ष तथा उध्योगपति भवन भट्टले सार्वजनिक गरेका हुन् भने ट्रेलर ओएसआर युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

राजेन्द्र भट्टको निर्माण र सुनिता सुवेदीको सहनिर्माणमा बनेको ‘चरी’ विष्णु रिजाल, अम्बर सुवेदी र सबिना गोपाली, सरिता गिरी र सम्भु साही लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

Advertisement

चलचित्रको लेखन तथा निर्देशन कोरिन शर्माले गरेका हुन् । यस्तै, सम्पादन लिटल अल्र्बट फिल्म्स्, सिनेमाटाग्राफर किरण शर्मा, ध्वनीमा अमर कायस्थले गरेका हुन् ।

चलचित्रको कथावस्तु सत्य कथाबाट प्रभावित रहेको चलचित्र निर्माण परिवारले जनाएको छ । प्रदर्शन मिति भने अहिले तय भइनसकेको तर चाँडै नै प्रदर्शनमा आउने चलचित्रकी नायिका सविना गोपालीले जानकारी दिइन् ।