June 15, 2025, Sunday
२०८२ असार १
1:37:26 pm

लिम्बू चलचित्र ‘के’ सोसियल मिडिया फिल्म अवार्डको उत्कृष्ट ५ मा

२०७९ फाल्गुन २५

8.1K

काठमाडौं । लिम्बू कथानक चलचित्र ‘के’ दोश्रो सोसियल मिडिया फिल्म अवार्डको उत्कृष्ट ५ मा पर्न सफल भएको छ । बुधबार सार्वजनिक मनोनीत नामावली अनुसार चलचित्र ‘के’ उत्कृष्ट ५ मा परेको हो ।

याक्थुङ फिल्म्सद्वारा निर्मित चलचित्र ‘के’ ले यसअघि अन्तर्राष्ट्रिय आदिवासी जनजाति चलचित्र महोत्सव अमेरिकामा उत्कृष्ट चलचित्र अवार्ड, नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा उत्कृष्ट चलचित्र अवार्ड, एफएलएफ अवार्डमा उत्कृष्ट कथा अवार्ड, उत्कृष्ट लेखन÷निर्देशन अवार्ड, जोमोगान अवार्ड थाइल्यान्डमा जोमो अवार्ड लगायत पुरस्कारहरू प्राप्त गरिसकेको छ । सागर केरुङको लेखन निर्देशन रहेको चलचित्रमा मधु केरुङ, बबिता फोम्बो, रुपा आङ्बुङ, सुक्मिता केरुङ, मनकुमार केरुङ, प्रेम ओझा, कमल घिमिरे, दिपक खनाल लगायतले अभिनय गरेका छन् ।

चलचित्र ‘के’ को अफिसियल ट्रेलर

‘ड्रिम वल्र्ड अफ फिल्म मेकर्स’को आयोजनामा हुन लागेको सोसियल मिडिया फिल्म अवार्डको दोश्रो संस्करणका लागि आउँदो फाल्गुन २८ एक समारोह आयोजना हुनेछ । चलचित्र विकास बोर्डको हलमा हुने उक्त अवार्ड समारोहमा १ सय बीस वटा वृत्तचित्र तथा लघु चलचित्रहरू सहभागी हुनेछन् । सहभागीमध्ये सर्वोत्कृष्ट एक विधासहित अन्य गरी २२ जनालाई अवार्ड वितरण गरिने आयोजकले जनाएको छ ।

Advertisement

सामारोहमा विभिन्न सोसियल भिडियोहरू, आदिवासी जनजातिका लघु चलचित्रहरू, वृत्त चित्रहरू लगायत प्रस्तुत हुनेछन् । अवार्ड वितरणसँगै कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रमसमेत हुने कार्यक्रम निर्देशक सवनम मुखियाले जानकारी दिईन् ।

अवार्डका लागि निणार्यक सदस्यहरूमा सिनियर फोटोग्राफर राजभाई सुवाल, चलचित्र निर्देशक प्रणय लिम्बू र सञ्चारकर्मी आरती चटौत छन् भने आदीवासी जनजाति चलचित्रका निर्णायक सदस्यहरूमा पत्रकार तथा चलचित्र निर्देशक विजय रत्न तुलाधर, प्रणय लिम्बू र गीतकार भूमिका सुब्बा रहेका छन् ।

उक्त कार्यक्रममा ‘सोसल मिडिया सम्मान’ नेपालकी प्रथम नायिका भुवन चन्द तथा आर्ट डिरेक्टर निर्जल श्रेष्ठ र युवा पत्रकारिता पुरस्कार पारसमणी पौडेललाई प्रदान गरिने पहिलो महिला छायांकार समेत रहेकी कार्यक्रम आयोजक मुखियाले जानकारी दिइन् ।

सम्मानित तथा पुरस्कृत हुने विविध विधा तथा व्यक्तित्वहरूको विवरण:

उत्कृष्ट लघुचलचित्र
१. पेन्सिल

२. पुष्पा नेपाली

३. नफुलेको फूल

४. बादलका गीतहरू (क्यलनक या ऋयिगम)

५. गंगा

उत्कृष्ट निर्देशक
१. आशिष भण्डारी (पेन्सिल)

२. अंकित पौडेल (बादलका गीतहरू)

३. विशाल लोहनी (पुष्पा नेपाली)

४. प्रसन्न माली (भावविहीन)

५. दिनेश खड्का (फूलुङ्ग)

उत्कृष्ट पाँच छायाङ्कार
१. अनिश स्याङदेन (नफूलेको फूल)

२. सुरेश नेपाली (स्पर्श)

३. आशिष भण्डारी (पेन्सिल)

४. राजेन्द्र पाल (भावविहीन)

५. अंकीत पौडेल (बादलका गीतहरू)

उत्कृष्ट पाँच सम्पादक
१. दिपेन्द्र मल्ल, आशिष भण्डारी (पेन्सिल)

२. गौतमराज खड्का (छोरी)

३. केदार भुषाल, किशोर केसी (बेलुन)

४. विशाल लोहनी (सेती दिदी)

५. सन्दिप श्रेष्ठ (बादलका गीतहरू)

उत्कृष्ट पाँच पटकथा
१. आशिष भण्डारी (पेन्सिल)

२. जोन योञ्जन (बेलुन)

३. अंकित पौडेल (बादलका गीतहरू)

४. केशवराज अर्याल (साहारा)

५.सुनिता पौडेल (भावविहीन)

उत्कृष्ट पाँच ध्वनी संयोजक
१. किशोर आचार्य (बादलका गीतहरू)

२. दिपेन्द्र सुनार (पेन्सिल)

३. प्रमोद परियार (पुष्पा नेपाली)

४. सुशान्त श्रेष्ठ (बेलुन)

५.प्रमोद परियार (राजु गाउँले)

उत्कृष्ट पाँच अभिनेता
१.अशोक सिवाकोटी (फूर्लुङ्ग)

२. हिमाल खड्का (पेन्सिल)

३. खुमबहादुर खड्का (सम्झना)

४. वसन्त पोख्रेल (छोरी)

५. विरान दहानी (चिया चौतारी)

उत्कृष्ट पाँच अभिनेत्री
१. सरिता ढुंगाना (डट्डट् सम्बन्ध)

२. श्रेया महर्जन (गंगा)

३. काब्या आचार्य (रत्नपार्क)

४. साया भण्डारी (गहना)

५. सदिक्षा गौतम (स्पर्श)

उत्कृष्ट पाँच आदीवासी जनजाती चलचित्र
१. म को हुँ /Who am I (शिब मुखिया)

२. बन्थी सानी केटी (Banthi the little girl- विन्दुकुमारी माझी)

३. के (सागर केरुङ)

४. हासा मुदुगु सा (सुनिताराज भण्डारी)

५. इन्द्रायणी (वीर शाक्य)

उत्कृष्ट पाँच वृतचित्र
१. मैले देखेको पशुपति (कल्याण थापा)

२. लदि पुजा (विन्दुकुमारी माझी)

३. यातना गोठ (कृत पन्त)

४. तिलोत्तमा (उद्धव भट्टराई)

५. रातामाटे स्कूल (उमेश राई)

उत्कृष्ट पाँच युट्युव भिडियो
१. कोरोना हेर्ने देवी (अशोक बस्नेत)

२. द थिप (कुमार गजुरेल)

३. पहिलो पटक (अर्विन भट्टराई)

४. रहरै भो (उत्सव केसी)

५. चरीबहादुर शो (नविन दाहाल)