काठमाडौं । गीतकार तथा गायक हरी राईको नयाँ गीत ‘आपा आमा’ सार्वजनिक भएको छ । आपाआमाहरुले आफ्ना नानीहरुको लागि कति त्याग र तपस्या गरी हुर्काएका हुन्छ भन्ने विषयलाई समेटेर तयार पारीएको यस गीतको ‘स्टुडियो भिडियो’ सार्वजनिक भएको हो ।
हरी राईको शब्द रहेको यस गीतको गायक तथा सङ्गीतकार अशोक मुकारुङ हुन् भने गीतकार स्वयंले स्वर भरेका छन् । यस्तै, गीतको संगीतसंयोजन राजु कार्कीले गरेका हुन् । सेवा रेकर्डिङ स्टुडियोमा योगेन मुकारुङद्धारा रेकर्ड गरिएको यस गीतको मिक्सिंङ पनि मुस्कान मुकारुङले गरेका हुन् ।
भिडियोको छाँयाकन तथा सम्पादन जीवन मुकारुङले गरेका हुन् । गीतको भिडियो हरी राई अफिसियल युट्युब च्यानलबा सार्वजनिक भएको हो ।
खोटाङको चुइचुम्पा गाउँपालिका वडा नं ४ मा जन्मिएका गायक तथा गीतकार हरी राई, बिगत दुई दशकदेखि अमेरीकाको बोस्टनमा बसोबास गर्दै आइरहेका छन् । परदेशको कार्यव्यस्तताकाबीच बँचेको समयलाई उनले नेपाली गीतसंगीतमा समर्पित गर्दै आएका छन् । उनले हालसम्म आधा दर्जन गीतमा स्वर दिइसकेका छन् भने एक दर्जन गीत लेखिसकेका छन् ।