November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

तायाहाङमा राईको स्वरमा ‘हिमाली शिरमा’ सार्वजनिक

२०७८ कार्तिक १४

2.2K

काठमाडौँ । नेपाली गायनका क्षेत्रमा डेढ दशकदेखि निरन्तर लागिपरेकी गायिका तायाहाङमा राईको स्वरमा रेकर्ड भएको पछिल्लो गीत ‘हिमाली शिरमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

बिहीवार आदिम आवाज अनलाइन टिभीको अफिसियल च्यानलबाट उक्त गीतको भिडियो सार्वजनिक भएको गीतमा टीका चाम्लिङको मिठासपूर्ण शब्द रचना र विकास चौधरीको सुमधुर सङ्गीत रहेको छ ।

उक्त गीतको छायाङ्कन सुन्दर नगरी पोखरा र धम्पुस क्षेत्रका रमणीय स्थानमा गरिएको छ । नायिका मिरूना मगरको कुशल अभिनय रहेको म्युजिक भिडियोलाई गीतकार चन्द्र लामा ‘अनुराग’ले निर्माण गरेका हुन् । भिडियोमा उनले अभिनयसमेत गरेका छन् । वरिष्ठ छायाँकार शिव ढकालले म्युजिक भिडियो खिचेका छन् ।

Advertisement

युवा नृत्य निर्देशक सुमित गुरूङको कोरियोग्राफी रहेको उक्त म्युजिक भिडियोको सम्पादन तारा थापा ‘किम्भे’ले गरेका हुन् भने प्रसिद्ध नृत्य निर्देशक कमल राईको निर्देशन कौशलता प्रस्तुत भएको यस म्युजिक भिडियो हरेक पक्षबाट अब्बल बनेकाले हरेक स्तरका स्रोता दर्शकको मन जित्ने देखिन्छ ।