November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

सरकारी अड्डाले मन जित्दै

2.9K


काठमाडौ २३ असोज । हालै सार्वजनिक पदम राई र रचना रिमालको स्वर रहेको ‘सरकारी अड्डा’ले स्रोता, दर्शकहरुको मन जित्न सफल भैरहेको छ

पछि पछि लागेर…., के मिठो छ र शखर चिनी…., यसो हेरे पुर्वतिर जस्तो चर्चित गीतका स्रष्टा पदम राईले आफ्नो पछिल्लो ‘सरकारी अड्डा’ बोलको भिडियो सार्वजनिक गरका हुन् ।

डिपि खनालको शब्द, दिपक शर्माको संगीत रहेको ‘सरकारी अड्डा’ बोलको सुन्दर भिडियो केन्द्र मोशन पिक्चर्सले निर्माण गरेको हो ।

Advertisement

नेपाली चलचित्रका जमेको जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्का लगायतकाले अभिनित भिडियोका निर्देशक निकेश खड्का हुन् ।