November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

पाँचथर थर्पू समाज यूकेको सातौं अधिवेशन सम्पन्न

970

काठमाडौं । पाँचथर थर्पू समाज यूकेको सातौं अधिवेशन सम्पन्न भएको छ। १७ मे का दिन सम्पन्न सातौं अधिवेशनबाट मान काम्बाङ अध्यक्षमा निर्वाचित भएका छन् ।

काम्बाङ निर्वाचित भएसँगै बिमला लिम्बुको कार्यकाल सकिएको छ । आफ्नो कार्यकाल सफल बनाउन सहयोग गरेको भन्दै पूर्वअध्यक्ष लिम्बुले सम्पूर्णलाई धन्यवाद दिएकी छन् ।

यस्तै समितिको उपाध्यक्षमा घन काम्बाङ र नन्द सुन्दास निर्वाचित भएका छन् भने सचिवमा योगेन्द्र विक्रम तावा र सह-सचिवमा रिको तावा, कोषाध्यक्षमा बिना सिगू र सह-कोषाध्यक्षमा सुरेन्द्र काम्बाङ निर्वाचित भएका छन् ।

Advertisement

समितिको सदस्यहरूमा श्री माबो, राज कुमारी काम्बाङ,भीम तावा, यूबराज माबो, दिल सिगु, देवी तिमल्सिना, अरजुन लिङदेन, दिनेस तावा, एरिना काम्बाङ र सिकुम माबो निर्वाचित भएका छन् ।