March 13, 2025, Thursday
२०८१ फाल्गुन २९
1:37:26 pm

शान्ति लिम्बुको ‘कस्तुरी यात्रा’ लोकार्पित

5.1K

लन्डन । साहित्यकार शान्ति लिम्बुको नयां कृति ‘कस्तुरी यात्रा’ विमोचन गरिएको छ । शनिबार बेलायतको फार्नबोरोस्थित सामुयल कोडी स्कुल हलमा आयोजित पाँचथर समाज सेवा यूकेको १५औं वार्षिक भेलामा नेपाली दूतावासका द्वितीय सचिव रामबाबु नेपालले यस कृति लोकार्पण गरेका हुन् ।

समारोहमा याक्थुङ लिम्बु परम्पराअनुसार च्याब्रुङ बजाएर केलाङ नाच्दै कस्तुी यात्रा लोकार्पण गरिएको थियो । कृति ओयाम सरोकार समाज काठमाडौंले प्रकाशन गरेको हो ।

बेलायतमै रहेर करिब दुई दशकयता साहित्य लेखनमा सक्रिय शान्तिको ‘मिलिजुली’ उपन्यासपछि ‘कस्तुरी यात्रा’ दोश्रो कृतिका रुपमा पाठकमाझ आएको हो ।

Advertisement