November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

भूपू गोर्खाहरुसँगको वार्ता निष्कर्षमा पुर्‍याउन मन्त्री ट्रेभेल्यानसँग राजदुत आचार्यको आह्वान

1.3K

लन्डन । भूतपूर्व गोर्खाहरुको सम्बन्धमा जारी त्रिपक्षीय वार्ता निष्कर्षमा पुर्‍याउन बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बेलायती विदेश मन्त्रालयको सहयोग आह्वान गरेका छन्। उनले बेलायत सरकारकी विदेश राज्यमन्त्री आन म्यारी ट्रेभेल्यानसँग वार्ता निष्कर्षमा पुर्‍याउन आवश्यक पहलका लागि आग्रह गरेका हुन्।  

सोमबार लन्डनस्थित बेलायती विदेश मन्त्रालयमा भएको मन्त्री ट्रेभेल्यानसँगको भेटवार्तामा राजदूत आचार्यले गोर्खा मुद्धालाई टुंगो दिन बेलायती विदेश मन्त्रालयका तर्फबाट पनि निर्णायक भूमिकाको अपेक्षा व्यक्त गरेको बताए ।

जवाफमा मन्त्री ट्रेभेल्यानले यसबारे आवश्यक जानकारी लिएर मिल्दो भूमिका निर्वाह गर्न पहल गर्ने आश्वासन दिएकी छन्।  

Advertisement