April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

शेर्पा संघ वेलायतको नवौं अधिवेशन सम्पन्न, अध्यक्षमा रिन्जी शेर्पा

5.8K

लन्डन । शेर्पा संघ बेलायतको नवौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले रिन्जी शेर्पाको अध्यक्षतामा निर्विरोध १२ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

समितिको अध्यक्ष वरिष्ठ उपाध्यक्षमा नुरी शेर्पा, उपाध्यक्षमा आङ दाली शेर्पा, महासचिवमा नोर्बु शेर्पा, सचिमा जाङबु शेर्पा, कोषाध्यक्षमा छेते शेर्पा र सहकोषाध्यक्ष आडड्ड माया शेर्पा निर्वाचित भएका छन् । यस्तै, सांस्कृतिक सचिवमा निम दिकी शेर्पा, सह–साँस्कृतिक सचिवमा लाक्की शेर्पा निर्वाचित भएका छन् ।

समितिको सदस्यहरुमा डोल्मा शेर्पा, पल्देन शेर्पा र डिमा शेर्पा निर्वाचित भएका छन् । बाँकी सदस्यहरु चयन हुन बाँकी रहेको समितिले जनाएको छ ।

Advertisement

नवनिर्वाचित पदाधिकारी एवम् सदस्यलाई निर्वाचन समितिका संयोजक गोम्बा शेर्पाले शपथ ग्रहण गराएका थिए ।

अधिवेशन खेम्पो कर्माको प्रमुख आतिथ्यता तथा आङ दावा शेर्पाको अध्यक्षतामा १२ फेब्रवारीमा सम्पन्न भएको थियो ।

कार्यक्रमको संचालन महासचिव रिन्जी शेर्पाले गरेका थिए ।