April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

पुस महिनामा बेलायतबाट नेपाल आएका ८४ जना सम्पर्कविहीन

2.8K

काठमाडौं– बेलायतमा नयाँ रुपको कोरोना भाइरस संक्रमण फैलिएको तथ्य बाहिर आएपछि सरकारले गत मंगलबारदेखि बेलायत आवागमन बन्द गर्‍यो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि गत पुस १ गतेदेखि एक साता अवधिमा नेपाल प्रवेश गरेकाहरुको खोजी र निगरानी गर्ने योजना बनायो।

उनीहरुको कन्ट्याक ट्रेसिङ गरी निःशुल्क पिसीआर परीक्षण गर्ने र पोजेटिभ नतिजा आउनेहरुको जीन सिक्वेन्सिङ गरी उनीहरुमा देखिएको भाइरस नयाँ रुपको हो वा होइन पत्ता लगाउने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो। 

Advertisement

नेपालमा कोरोनाको नयाँ स्वरुप भित्रन नदिने भन्दै बेलायतबाट आउनेहरुलाई प्रत्यक्ष निगरानी गर्ने भनिए पनि उनीहरुको कन्ट्याक ट्रेसिङको काम नै प्रभावकारी हुन सकेको छैन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पुस १ गतेदेखि हालसम्म २७७ जना व्यक्ति बेलायतबाट नेपाल आएका छन्।

स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा विभागअन्तर्गत रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई २७७ जनाकै कन्ट्याक ट्रेसिङ गरी उनीहरुको अवस्थाबारे जानकारी गराउन निर्देशनसमेत दिएको थियो।