काठमाडौं । प्रतिनिधि सभामा ब्रिटिश गोर्खाहरुको वंशजको नेपाली नागरिकता निरन्तरता सुनिश्चित हुनपर्ने विषयमा ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ दर्ता भएको छ । ब्रिटिश गोर्खाहरुको नेपाली नागरिकता निरन्तरता तथा समानताका लागि गठित सर्वदलीय संसदीय फोरमले असार ३ गते प्रस्ताव दर्ता गराएको हो ।
सांसद शेरबहादुर तामाङ प्रस्तावक रहेको उक्त प्रस्तावको समर्थकमा अन्य १३ सांसद छन् ।
प्रस्तावमा ब्रिटिश गोर्खा र गोर्खा सन्ततिहरुलाई आम गैरआवासीय नेपाली सरह ठान्न नहुने, गोर्खाले नेपालको सार्वभौमिकता र राष्ट्रिय अखण्डताका लागि दिएको वलिदान, सन् १८१६ को सुगौली सन्धि, सन् १९४७ को त्रिपक्षीय सम्झौता लगायत ११ बुंदा समावेश छन् ।