March 12, 2025, Wednesday
२०८१ फाल्गुन २९
1:37:26 pm

फेब्रुअरी २४ देखि बेलायतमा कोभिड सम्बन्धी लगाइएका सबै प्रतिबन्ध हट्ने

२०७८ फाल्गुन ११

3.3K

लन्डन । बेलायतमा फेब्रुअरी २४ तारिखदेखि कोभिड सम्बन्धी लगाइएका सबै प्रतिबन्ध हट्ने भएका छन् । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पत्रकार सम्मेलन गर्दै कोभिड रोकथामका लागि लगाएका सबै प्रतिबन्ध हटाईने जानकारी गराएका हुन् ।

प्रतिबन्ध हटाएसँगै अहिले चालु रहेको कन्ट्याक्ट ट्रेसिङसम्बन्धी व्यवस्था पनि हटाइएको छ । प्रधानमन्त्रीको यस घोषणासँगै हाल लागू गरिएको भ्याक्सिन पासपोर्ट खारेज हुनेछ । निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको कोरोना परीक्षणको व्यवस्था पनि हटाइने भएको छ ।

प्रतिबन्ध हटेपछि कोरोना संक्रमित भए पनि आइसोलेशनमा बस्नुपर्ने अनिवार्य नरहने प्रधानमन्त्री जोन्सनले बताएको छन् । उनले यदि कसैलाई कोरोना पोजिटिभ भए पनि घरमै बस्न सुझाव दिने बताए ।

Advertisement

बुधबार बेलायतको संसदमा मतदानमार्फत संसदले पारित गरेपछि बिहीबारबाट कोभिडसम्बन्धि नयाँ नियम कार्यान्वयनमा आउनेछ ।

प्रधानमन्त्री जोन्सनले ओमिक्रोन संक्रमणको उत्कर्ष पार भए पनि जोखिम कायम रहेकाले सर्वसाधारणलाई आफ्नो जिम्मेवारी बहन गर्न आग्रह गरेका छन् ।