April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

बेलायतका प्रधानमन्त्रीले गरे २३ वर्ष कान्छी प्रेमिकासँग ‘गुपचुप’ विवाह

3.5K

लण्डन – बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ‘गुपचुप’ विवाह गरेका छन्। ब्रिटिस अखबारहरूले जनाएअनुसार ५६ वर्षीय प्रधानमन्त्री जोन्सनले शनिबार एकदमै थोरै मानिसहरूलाई बोलाएर ३३ वर्षीया प्रेमिका क्यारी सिमोन्ड्ससँग लगनगाँठो कसेका हुन्।

वेस्टमिनस्टर क्याथेड्रलमा ३० जना मानिसहरूलाई बोलाएर जोन्सनको विवाह भएको समाचारमा उल्लेख गरिएको छ। बेलायतमा कोरोना महामारी नियन्त्रणका लागि जारी भएको मापदण्डमा विवाहमा ३० जना मानिसमात्र सहभागी हुन पाइन्छ।

जोन्सनको विवाहका बारे प्रधानमन्त्री कार्यालयकै धेरै मानिसलाई थाहा दिइएको थिएन। विवाह समारोहमा सहभागीहरूले सामाजिक सञ्जालमा नयाँ दम्पतीलाई शुभकामना दिएपछि जोन्सनले विवाह गरेको खुलेको हो।

Advertisement

जोन्सन र सिमोन्ड्स सन् २०१८ देखि रोमान्टिक सम्बन्धमा थिए। उनीहरूले आफ्नो सम्बन्धबारे सन् २०२० मा मात्रै खुलाएका थिए।

गत वर्षको अप्रिलमा सिमोन्ड्सले छोरालाई जन्म दिएकी थिइन्।

जोन्सनले यसअघि गरेका दुइटा विवाह डिभोर्समा टुंगिएका थिए।