एजेन्सी – बेलायती पूर्व राजकुमार ह्यारी बेटरअप नामक अमेरिकी मानसिक स्वास्थ्य संस्थामा प्रमुख प्रभाव अधिकृत बन्नुहुने भएकाे छ । राजकुमार ह्यारीले नयाँ भूमिकाकाे सम्बन्धमा आफू निकै उत्साहित रहेकाे एक विज्ञप्तिमार्फत बताउनुभएकाे छ ।
बेटरअफ संस्थामा ह्यारीकाे जिम्मेवारी, काम गर्ने समय, तलब आदिका बारेमा केही बताइएको छैन । गएकाे मार्च महिनामा शाही जिम्मेवारीबाट पन्छिएपछि उहाँले कमाइका लागि काम गर्न थाल्नुभएकाे हाे ।
राजकुमार ह्यारीले नयाँ जिम्मेवारीमा उहाँको लक्ष्य मानसिक स्वास्थ्यका बारेमा महत्त्वपूर्ण बहसलाई प्रोत्साहन दिने, सहज समुदाय निर्माण गर्ने र खुला कुराकानीका लागि वातावरण तयार गर्नुहुने बताउनुभएकाे छ ।
बेटरअपका प्रमुख कार्यकारी अधिकृत एलेक्सी राबिचौका अनुसार राजकुमार ह्यारीले अन्य कर्मचारीको व्यवस्थापन नगर्ने तर अवस्था सामान्य भएपछि सान फ्रान्सिस्कोकाे कार्यालयमा केही समय बिताउने जनाउनुभएकाे छ ।
सन् २०१३ मा स्थापना भएकाे बेटरअपले मोबाइलमार्फत व्यावसायिक सहयोग प्रदान गर्छ ।