September 22, 2023, Friday
२०८० आश्विन ५
1:37:26 pm

नेपाली राजनीतिमा देखा परेका अराजकता अन्त्य गर्न आफ्नो पार्टीले विकल्प दिन सक्नुपर्छ: नेता खनाल

525

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपाली राजनीतिमा देखा परेको अहिलेको अराजकताको अन्त्य गर्नको लागि आफ्नो पार्टीले विकल्प दिन सक्नुपर्ने बताए । नेकपा एकीकृत समाजवादी निकट समाजवादी सहकारी संगठनको प्रथम स्थापना दिवसलाई सम्बोधन गर्दै नेता खनालले सरकार दिशा हिन भएको र जन अपेक्षा अनुरूप काम गर्न नसकेको कारण पनि अराजकता मौलाएको बताएका हुन् ।

‘पहिलेदेखि स्थापित पार्टीहरूले काम गर्न नसकेपछि अहिले अग्रगमन विरोधी शक्तिहरु तर्फ ध्यान डाइभर्ट भइरहेको छ । यो एकदम खतरनाक कुरा हो । अब सबै कुराको विकल्प समाजवाद हो । समाजवादको बाटोमा जान सक्नुपर्छ’, उनले भने ।

समाजवादी सहकारी संगठनका अध्यक्ष नवराज अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा मोर्चा फाँट इञ्चार्ज डा. विजय पौडेल सहकारी इञ्चर्ज गोविन्द कोईराला,पार्टीका पोलिटब्युरो सदस्य तथा कृषक महासंघका अध्यक्ष बलराम बाँस्कोटा लगायतका नेताहरुले शुभकामना मन्तव्य राखेका थिए ।

Advertisement

संगठनका खेलनाथ सिग्देलले संचालन गरेको कार्यक्रम उपाध्यक्ष केशव दंगालले स्वागत गरेका थिए ।